
कञ्चनपुर। महाकाली नदीको ओदाली ऐरीस्थित हरिहर स्नान घाटमा मकरमेला तथा धार्मिक पर्यटन महोत्सव गरिने भएको छ। वैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिले मेला तथा महोत्सवको आयोजना गर्न लागेको हो ।
मेलाका लागि प्रचारप्रसार सुरु गरिएको छ । मेला आयोजक समितिका सदस्य कृष्णसिंह देउवाका अनुसार मेला पुस २२ गतेदेखि फागुन २५ गतेसम्म लाग्नेछ । धार्मिक पर्यटनलाई बढावा दिन मेला आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
‘पुस २२ गते धर्मध्वज पुजन गरी मेलाको प्रारम्भ गरिनेछ’, मेला सम्पर्क समितिका संयोजक नरबहादुर साउदले भन्नुभयो– ‘पुस २८ गतेदेखि माघ १ गतेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, त्यसपछि नरहरि सङ्क्रान्तिका दिन महास्नान, कुम्भ स्नानको कार्यक्रम फागुन १ गते राखिएको छ ।’
वसन्तपञ्चमीका दिन महास्नान, माघपूर्णिमा माघ स्नानपूर्ति, महाशिवरात्रिमा विशेष स्नानको कार्यक्रम राखिएको छ । गङ्गा दशहराका दिन वैजनाथ सिद्धनाथ मन्दिरमा धाम पूजाको मुख्य पर्वका रुपमा मनाइने कार्यक्रम तय गरिएको साउदको भनाई छ ।
धार्मिक मान्यताअनुसार महाकाली नदीलाई पवित्र नदीका रुपमा लिइन्छ । नदीमा मकरसङ्क्रान्तिका बेला वर्षौं पहिलेदेखि भक्तजनले स्नान गर्दै आएका छन् । यस नदीमा स्नान गरे सबै पापकर्म हटेर जाने जनविश्वास रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना