
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष के पी ओलीले आसन्न राष्ट्रिय सभा सदस्य निर्बाचनमा मिलेर जान सत्ता गठबन्धनसंग प्रस्ताव गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ सम्पन्न सत्ता गठबन्धन र एमालेका शीर्ष नेताहरुको छलफलमा एमाले अध्यक्ष ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मिलेर जान प्रस्ताव राख्नुभएको बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले संचारकर्मीलाई जानकारी दिनुभयो । एमालेबाट ठोस प्रस्ताव नआएकाले यस बिषयमा कुनै सहमति नभएको उहाँले बताउनुभयो ।
बैठकमा गठबन्धन दलहरूबीच यसअघि आ–आफूले जितेको सिट यथावत् राखेर जान असहमति नभएपनि एमालेबाट जितेका ९ सिटमा कसरी भागबण्डा गर्ने भन्ने विषयमा सहमति नभएको उहाँको भनाइ थियो ।
‘एमालेबाट राष्ट्रियसभा निर्वाचनमा मिलेर जाऊँ भन्ने खालको प्रस्ताव आएको छ । एमालेको मनसाय आफूहरूलाई माइनस नगरियोस् भन्ने खालको छ’, उहाँले भन्नुभयो, ‘तर सिट बाँडफाँटमा कुनै सहमति भएको छैन । बिहीबार बिहान पुनः बैठक बस्छ ।’
राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले सत्ता गठबन्धनसंग सहकार्य गरेर जान प्रधानमन्त्रीसँग प्रस्ताव गरेको कुरा आएको छ । यसमा एमालेले स्पष्ट प्रस्ताव ल्याए मात्र त्यस विषयमा छलफल गर्न सकिने पाण्डेले बताउनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा