
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक कार्यक्रममा उहाँले परम्परागत ढङ्गको कृषि प्रणालीबाट मुलुकको समृद्धि सम्भव नभएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले आधुनिक कृषि प्रणालीको अवलम्बन गरिनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको विकासबाट रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आयात प्रतिस्थापन गर्न सकिने बताउनुभयो । नेपालको दिगो विकासको मूल आधार कृषि नै रहेको उहाँको भनाइ छ ।
वर्तमान सरकार कृषिलाई मुख्य आधार बनाएर समृद्धिको यात्रामा होमिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोह्रौँ पञ्चवर्षीय योजनामा कृषिको भूमिकालाई प्रतिविम्बित गर्न खोजिएको बताउनुभयो । आफू पनि कृषिको विद्यार्थी भएकाले उहाँले कृषिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । हरित क्रान्तिका निम्ति भारत सरकारको पहल उदारहणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भारतको उपलब्धि नेपालजस्ता मुलुकले सिक्न लायक रहेको बताउनुभयो । नेपालको सन्दर्भमा उपयुक्त हुने विषय अनुशरण गर्न तयार रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा पतञ्जलि योगपीठका महासचिव आचार्य बालकृष्णले दिगो विकासका लागि कृषिको भूमिका सम्बन्धी प्रस्तुति दिँदै कृषि क्षेत्रमा गर्न सकिने कामका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले दिगो विकासका लागि कृषिमा आधारित काम कसरी गर्न सकिन्छ भन्ने अवधारणा पेस गर्नुभएको थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रिपरिषद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कम्युनिष्टको लक्ष्य सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
- कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै
- खुम्बुमा एकैदिन सात सय पर्यटक
- बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी