
जनकपुरधाम । कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाइ सुविधा पु¥याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बनेको छ ।
नहर एवम् नदीनालाबाट सिँचाइको व्यवस्था नभएको तथा आकाशे पानीमाथि निर्भर रहेका किसानका लागि यो प्रविधि वरदान सावित भएको महोत्तरी गौशालाका स्थानीय किसान रामलाल महतोले बताउनुभयो । उहाँले यसबाट खेतीका लागि मात्रै नभइ खानपिनका साथै दैनिक जीवनमा समेत प्रयोग भइरहेको उल्लेख गर्नुभयो ।
मधेस प्रदेश सरकारको जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय जलेश्वर, महोतरीद्वारा धनुषा तथा महोत्तरी जिल्लाको ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेल तथा पावरड्रिलबाट सिँचाइ सुविधा पुर्याइएको हो ।
एउटा डिपट्युवेलबाट ४० बिघा खेत सिञ्चित हुने गरेको छ । महोत्तरी तथा धनुषामा हालसम्म ३५ वटा डिपट्युवेल जडान भएर एक हजार चार सय बिघा कृषियोग्य जमिन सिञ्चित भइरहेको छ । एउटा डिपट्युवेलको संरचना निमार्णदेखि सञ्चालन गर्दाको अवस्थासम्म रु एक करोडभन्दा बढी रकम लाग्ने गरेको छ ।
गत आर्थिक वर्षमा थप पाँचवटा डिपट्युवेलको निर्माण प्रक्रिया शुरु भएको छ । एउटा निर्माणमा ३० लाख रुपैयाँसम्म खर्च भएको तथा चालु आर्थिक वर्षमा थप खर्च गरेर निर्माण सम्पन्न गरिने सो कार्यालयले जनाएको छ । अहिले पाँचवटाको निर्माणमा १ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ ।
महोत्तरी तथा धनुषामा हालसम्म ५० वटा पावरड्रिल निर्माण भई सञ्चालनमा रहेको सो कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर अमलेश यादवले जानकारी दिनुभयो ।
एउटा पावरड्रिलबाट ९ बिघा जमिन सिञ्चित हुने गरेको छ । एउटा पावरड्रिल निर्माणदेखि सञ्चालनसम्ममा १६ लाख रुपैयाँ लाग्ने गरेको छ । अहिलेसम्म ५० वटा पावरड्रिल निमार्णमा १ करोड २९ लाख ६० हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
दुवै जिल्लामा डिपट्युवेल तथा पावरड्रिलबाट १८ सय ५० बिघा जमिनमा सिँचाइ भइरहेको कार्यालयप्रमुख नयन पोखरेलले बताउनुभयो । डिपट्युवेल निर्माणमा उपभोक्ता समितिमार्फत हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री