
महोत्तरी । जिल्लामा लागुपदार्थको कारोबार र दुव्र्यसनमा धेरैजसो युवापुस्ता फस्ने गरेका छन् । सीमा वारपार हुने लागुपदार्थ कारोबार र दुव्र्यसनमा युवापुस्ताको संलग्नता बढी पाइएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
गत आर्थिक वर्ष २०८०र८१ मा लागुपदार्थ दुव्र्यसन र ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका ७१ मध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । कूलमध्ये दुईजना महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष त्यही प्रकृतिका ५३ मुद्दा अदालतमा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबारका अनुसार गत आवमा खैरो हेरोइन १८ ग्राम सात सय ९६ मिलीग्राम बरामद गरी अभियुक्तलाई कारबाही प्रक्रिया अघि बढाइएको छ । भारतबाट नेपालतर्फ ल्याइएका विभिन्न नामका एम्पुल, टेबलेट, झोल र १५ हजार दुई सय ६४ क्याप्सुल बरामद भएको छ ।
यसमा सबैभन्दा बढी नाइट्राभेट ट्याब्लेट आठ हजार पाँच सय ९१, डाइजेपाम दुई हजार ४१, प्रोमेथाजाइन एक हजार १६ ट्याब्लेट र बुप्रेनोफिन एम्पुल (सुई) एक हजार दुईवटा बरामद भएको प्रहरीको अभिलेखमा उल्लेख छ । यी लागुऔषधसहित पक्राउ पर्नेमा ६० प्रतिशतभन्दा बढी २० देखि ३० वर्ष उमेर समूहका युवा छन् ।
भारतबाट नेपालतर्फ ल्याएर कारोबार गरिने यी लागुपदार्थमा ट्यालगेसिस, डाइक्लोफेन सोडियम, फेनारगन, एक्सिप्लोन, नाइट्राजेपाम, बुलुस्पास, स्पास्मोप्रोक्सिभिन, नुफिन ट्याब्लेट, क्याप्सुल, एम्पुल (सुई) र झोल प्रहरीले बरामद गरी कारोबारमा संलग्नलाई कारबाही गरेको छ ।
नेपालबाट भारततर्फ लगिने गाँजा गत आवमा १२ क्विन्टल ९६ किलो बरामद गरिएको प्रहरी नायव उपरीक्षक जयसबारले जानकारी दिनुभयो । ‘भारततर्फ लगिने गाँजाको कारोबारमा संलग्नको उमेर समूह छ्यासमिस छन् तर भारतबाट नेपालतर्फ ल्याइने लागुऔषध कारोबार र दुव्र्यसनमा अधिकांश युवा छन्,’ प्रनाउ जयसबारले भन्नुभयो ।
प्रहरीले लागुपदार्थ दुव्र्यसन र कारोबारविरुद्ध निरन्तर सचेतना अभियान सञ्चालन गरेको जनाएको छ । देखासिकीबाट लागुपदार्थ दुव्र्यसनको लत बस्दै गएर पछि तिनै कारोबारमा संलग्न हुने प्रहरीको भनाइ छ ।
लागुऔषधविरुद्धको अभियानमा विद्यालयका शिक्षक, सामाजिक सङ्घसंस्था र अभिभावकको भूमिका बढ्नुपर्ने प्रहरी अधिकारी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री