
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गर्नुभएको छ ।
कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको फिरादपत्रमा आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको उल्लेख छ । उक्त विवादको आगामी माघ १७ गते सुुनुवाइ ताकिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसादले पन्थीले जानकारी दिनुभयो ।
अध्यक्ष लामिछानेले फिरादपत्रमा आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवनमा समेत गम्भीर असर पुर्याउने मनसायले जानीबुझी चरित्र हत्या गर्ने गरी समाचा प्रकाशित गरेको उल्लेख गर्नुभएको छ । उत्तः समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानिनोक्सानी भएकाले प्रतिवादीबाट कानुनअनुसार सांङेकेतिकरुपमा रु १ सय ५१ क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतीय विद्युत् मन्त्री काठमाडौँमा
- कर्मचारी परिचालन गरेरै भएपनि कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमा गर्ने
- कम्युनिष्टको लक्ष्य सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
- कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै
- खुम्बुमा एकैदिन सात सय पर्यटक
- बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा