
महोत्तरी । बर्दिबास नगरपालिकामा सर्पदंशको उपचार गरिने भएको छ । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा हुने उपचार पूर्ण निःशुल्क गरिने बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले घोषणा गर्नुभएको छ ।
‘नगरक्षेत्रमा हुने सर्पदंशका बिरामीको उपचार अब निःशुल्क हुन्छ’ नगरप्रमुख क्षत्रीले भन्नुभयो– ‘केन्द्रमा सर्पदंश उपचारका लागि विशेषज्ञसहितका सुविधा सम्पन्न पूर्वाधार बनाइनेछ ।’ त्यस अवसरमा क्षत्रीले केन्द्रलाई भवन अपुग देखिएको हुँदा थप दुईकोठे भवन तत्काल निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बर्दिबास नगरक्षेत्र ‘सर्पको खानी’ का रुपमा चिनिन्छ । खासगरी करेत र गोमन जस्ता विषालु सर्पको बसेराले यो क्षेत्र सर्पदंशको अति प्रभावित क्षेत्र हो । सर्पले डसेपछि उपचारका पर्याप्त साधन नहुँदा गम्भीर बिरामीलाई अन्यत्रका सर्पदंश उपचार केन्द्रमा पठाउने गरिएको छ । यो अवस्था अन्त्य गर्न केन्द्रलाई साधन सम्पन्न बनाएर निःशुल्क उपचार गर्ने घोषणाले नगरवासीले राहत महसुस गरेका छन् ।
सर्पको बिगबिगी भएको यस ठाउँमा विसं २०७१ साउन ३१ गते सर्पदंश उपचार केन्द्रको स्थापना भएको थियो । केन्द्रमा सर्पदंशको उपचारमा दक्ष नेपाली सेनाका छ जनाको जनशक्तिले सेवा दिँदै आएको छ । अब केन्द्रमा थप साधनसहित विशेषज्ञको प्रबन्ध गरिने र बिरामीको निःशुल्क उपचार हुँदा नगरवासी लाभान्वित हुने सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटा बताउनुहुन्छ । बर्दिबास नगरक्षेत्रका ७५ हजार जनसङ्ख्या उपचार केन्द्रमार्फत् प्रत्यक्ष लाभान्वित हुने देवकोटाको भनाइ छ ।
यसअघि बर्दिबास–३ को वडाकार्यालयले वडाबासीका लागि सर्पदंशको निःशुल्क उपचारको प्रबन्ध गत असारदेखि शुरु गरेको थियो । वडा कार्यालयले केन्द्रको मागअनुसार औषधि र सेवाशुल्क वापत रकम दिँदै आएको छ । केन्द्रमा बर्दिबास नगरक्षेत्रबाहेक गौशाला, भङ्गाहा, औरही, शरामगोपालपुर, सोनमा र सीमा जोडिएका धनुषा, सर्लाही र सिन्धुलीका सर्पदंशका बिरामी उपचारका लागि आउने गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री