+

‘न्यायमा पहुँचका लागि सुदृढीकरण आवश्यक’

सिरहा ।  उच्च अदालत जनकपुर, राजविराज इजलासका मुख्य न्यायाधीश वामदेव ज्ञावलीले आमनागरिकको न्यायमा पहुँच अभिवृद्धिका लागि पीडितमैत्री न्याय प्रणालीको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ । 

आज सिरहाको धनगढीमाई नगरपालिका र समग्र जनउत्थान केन्द्र लहानद्वारा संयक्त रूपमा आयोजित ‘संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना–२ कोे न्यायिक पहुँचसम्बन्धी कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

मुख्य न्यायाधीश ज्ञावलीले सामाजिक न्यायसहितको पीडितमैत्री न्यायसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । ‘सामाजिक न्यायलाई सम्बोधन गर्न न्यायमा पहुँच अभिवृद्धि गर्नैपर्छ । यसका लागि पीडितमैत्री न्यायसम्पादनगरी कानुनी सहायतालाई प्रभावकारी बनाउन आवश्यक छ’ उहाँले भन्नुभयो– ‘जनप्रतिनिधिदेखि राज्यका सबै तह र तप्काले नागरिकको न्यायको पहुँचमा देखिएको अवरोध हटाउन सहयोग गर्नुपर्छ ।’ यसैगरी उहाँले प्रक्रिया र प्रणालीको पालनागरी मेलमिलापमैत्री समाजको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले हरेक नागरिकको सर्वसुलभ रूपमा न्यायमा पहुँच अभिवृद्धि गरिनुपर्नेमा धारणा राख्नुभयो । नगरपालिका उपप्रमुख सङ्गीताकुमारी चौधरीले न्यायिक क्षेत्रमा देखिएका समस्या पहिचान गर्न तथा निरुपण गर्न चुनौती रहेको बताउनुभयो । 

समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले सबै जनाको साथ र सहकार्यमा नागरिकको न्यायमा पहुँच अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । जोखिममा रहेका जनसङ्ख्या तथा विशेषगरी महिला, दलित, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक, गरिब तथा सिमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्न युएनडिपीको सहयोगमा आफ्नो संस्थाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट