
काठमाडौँ । रुसी सेनामा भर्ती हुन गएका थप ३ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ का हरिप्रसाद अर्याल गएको कात्तिक ३ गते मात्रै रुस जानुभएको थियो । अर्यालको मृत्यु भएको विषय वडा कार्यालय र परिवारलाई सरकारी संयन्त्रले जानकारी गराएको छ । योसँगै रुस–युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ ।
परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ गतेसम्ममा ज्यान गुमाउने नेपालीको सङ्ख्या सात जना पुगेको जनाएको थियो । यसअघि ज्यान गुमाउनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।
यस्तै रुसी फौजमा भर्ना भएका चार जना नेपालीलाई युक्रेनी सेनाले कब्जामा लिएको भन्दै उद्धारका लागि परराष्ट्र मन्त्रालयमा गुनासो पुगेको छ । सरकारले नेपालीको रिहाइका लागि युक्रेन सरकारसँग कुराकानीको प्रयास भइरहेको जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले केही दिनअघि राष्ट्रिय समाचार समितिसँगको एक अन्तर्वार्तामा नेपालबाट झन्डै दुई सय जना युवा रुसी फौजमा भर्ना हुन गएको हुनसक्ने भन्दै एक सय जना सम्पर्कविहीन भएका खबर आएको बताउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै