
महोत्तरी । आज चन्द्रमास गणनाले असार (आषाढ) पूर्णिमा । हिन्दू परम्पराका अनुयायी मैथिल (मिथिलाका बासिन्दा) आज गुरु पूर्णिमा मनाइएको छ ।
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा गुरुप्रति विशेष श्रद्धाभावले यो पर्व मनाइन्छ । चन्द्रमासको असार पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउँने हिन्दू परम्परा रहँदै आएको छ ।
महाज्ञानी अष्टावक्र, याज्ञवल्क्य, राजर्षि जनक तथा गार्गी एवं मैत्रेयीजस्ता विद्वान÷विदुषीको साधना, तप र ज्ञान प्रचारको थलो मानिने प्राचीन मिथिलामा यो पर्वको निकै महत्व देखिँदै आएको छ । प्राचीन शिक्षाको गुरुकूल परम्पराको अनुयायी मिथिलामा आज शिष्यहरु आफ्ना गुरुजनप्रति कृतज्ञता जनाउँदै गुरपूर्णिमा पर्व मनाएका छन्।
पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्र आभूषण फेराउने र मिष्टान्न भोजन गराउने मैथिल परम्परा छ । पर्व विशेषले मिथिला क्षेत्रमा आज बजारमा चहलपहल पनि ह्वात्तै बढाएको छ । गुरुका लागि वस्त्र, मिष्टान्न परिकार र फलपूmल किन्नेहरुको भीडले अन्य बेला दिउँसो जम्ने यहाँका बजार आज बिहानै भरिभराउ देखिएका छन् । खासमा धार्मिक मठहरुमा त पर्वका अवसरमा प्रवचन र गुरुपूजासहितका कार्यक्रम नै आयोजन गरिएको देखिँदो छ ।
महोत्तरीको मटिहानीस्थित तीन सय पाँच वर्ष पुरानो संस्कृत पाठशाला, भगवान् लक्ष्मीनारायण र महामुनि याज्ञवल्क्यका नाउँमा सञ्चालित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) र मुलुककै मठहरुको नायक मानिने श्री लक्ष्मीनारायण मठमा बिहानदेखि छात्रछात्रा, शिष्य र साधुसन्त आफ्ना गुरुपूजनमा व्यस्त देखिँदा छन् ।
संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको हुँदा पूर्वीय परम्परामा यस पर्वको महत्व निकै रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाचार्य ९प्रधानाध्यापक० ईश्वरी पौडेल बताउनुहुन्छ ।
अज्ञानता रुपी अन्धकारको नाश गरी जीवनमा ज्ञानको ज्योति दिने, फैलाउने व्यक्तिलाई नै ‘गुरु’ भनिन्छ । यस्ता गुरुलाई पूर्वीय दर्शन र शास्त्रहरुले ब्रह्मा, विष्णु र महेश्वरसहितका त्रीदेवका रुपमा मानेको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलको धारणा छ ।
“गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः।।”
विभिन्न शास्त्रमा गुरुलाई त्रिदेव मानिएको यो प्रसङ्ग पनि डा विमलले स्मरण गर्नुभयो । पूर्वीय दर्शन परम्पराका स्थापित धर्मग्रन्थ वेद, पुराण, उपनिषत्, रामायण र महाभारतसहित महाकाव्यका रचयिता महामुनि कृष्ण द्वैपायन (वेदब्यास) को जन्म दिन असार पूर्णिमा नै मानिएको हुँदा उहाँप्रतिको सम्मानभावबाट नै हिन्दू परम्परामा यो पर्वको परम्परा बसेको डा विमल बताउनुहुन्छ ।
माता–पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भनिने सनातन हिन्दू वैदिक परम्परा छ । पर्वले गुरुप्रति अहोेभाव ९कृतज्ञता० व्यक्त गर्न सिकाएको पाका मैथिल बताउँछन् । पर्वले श्रेष्ठजनको सम्मान गर्ने शिष्टता र नैतिक आचरण एवं कृतज्ञता भाव बढाउने हुँदा पर्वले सामाजिक, सांस्कृतिक र पारम्परिक दायित्व तथा यसको महत्व अझ उजेल्याउने (उज्यालो बनाउने) महोत्तरीकै जलेश्वर–६ बखरीका बासिन्दा पूर्वप्रशासक रहिसक्नुभएका भाषाविद् ८५ वर्षीय महेश्वर रायको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री