
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनु भएको छ ।
देउवाले सोमबार पाटीले आयोजना गरेको मेलमिलाप दिवस कार्यक्रममा लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्रमात्रै हुने धारणा व्यक्त गर्नुभयो । ‘सानो देश हो यो । हाम्रो देशमा आफ्ना मतभेद, पार्टीगत वैचारिक मतभेद, प्रतिस्पर्धादेखि लिएर हाम्रा आफ्ना कुरा छन् । नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरू एक ठाउँमा बस्ने जुन संस्कार बनेको छ, सायद धेरै कम छन्, मान्छे छक्क पर्छन्’ उहाँले भन्नुभयो– ‘एउटा पार्टीको कार्यक्रममा अरु नेता आएको देख्दा विदेशबाट आउने मानिस छक्क परेका हुन्छन् । एकअर्काप्रति कडा प्रतिस्पर्धा हुन्छ, त्यसका बाबजुत पनि बोलीचाली, मेलमिलापको वातावरण छ, यो धेरै कम देशमा छ । बीपी कोईरालाले ल्याएको नीतिको मेलमिलाप र एकतामा प्रभाव छ ।’
कांग्रेस सभापति देउवाले मुलुकमा अहिले गणतन्त्र विरोधी वातावरण बनाउने प्रयास भइरहेको समेत बताउनुभयो । ‘अहिले हाम्रो देशमा यसको आवश्यकता अझै बढेको छ, अनेक किसिमका बहाना खोज्नेहरु लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भइरहेको छ’ उहाँले भन्नुभयो– ‘लोकतन्त्रको निम्ति, लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र हो । लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो । यसको विकल्प छैन । लोकतन्त्र र गणतन्त्रको विकल्प अझ राम्रो गर्नु हो । कसैले पनि यसको विकल्प नसोचे हुन्छ, सबै एक हुनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै