
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र अब कुनै हालतमा नफर्कने बताउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले सोमबार नेपाली कांग्रेसको मेलमिलाप कार्यक्रममा राजतन्त्र पुनर्स्थापनाको बहस औचित्यहीन रहेको टिप्पणी गर्नुभयो । ‘यो राजतन्त्रको बहस फाल्तु हो । चिहानबाट निकालेर नलिखुट्टाको हड्डी फुकेर कहाँ पुग्छौ ?┌ उहाँले भन्नुभयो – कतिपय सामाजिक सञ्जालमा लेख्छन् – कि यी तीन नेता किन भेटिराख्या छन् ? लोकतन्त्र फ्याक्न नदिने हुन् कि क्या हो ? भन्छन् । यो डिक्लियर छ त । हाम्रो कपाल त्यत्तिकै फुलेको छैन । हामी राजतन्त्र फर्किन दिँदैनौं । तानाशाही आउन दिँदैनौं । कुनै पनि प्रकारको अनडेमोक्रेटिक सिस्टम यहाँ हुँदैन । यहाँ डेमोक्रेसी मात्र हुन्छ । कुनै देशमा राजनीतिक सम्झौताका कारण कायम रहेको हुनसक्छ । तर नेपालमा राजतन्त्रको बहस आवश्यकै छैन । यो सिद्दिइसक्यो । जन्मसिद्द श्रेष्ठताको सिद्दान्त वैज्ञानिक आधारबिना तथ्यले पुष्टि गर्न नसक्ने तर्कहिन पाखण्डी सिद्दान्त हो । अन्धविश्वासको पराकाष्टा हो । जनताको पर्याप्त सचेतताको अभावमा कायम रहेको सामन्तवादको अवशेष हो ।’
राजतन्त्रविरुद्धको आन्दोलनमा १४ वर्ष जेल पर्नुभएका ओलीले सिक्किमको उदाहरण दिँदै देश राजाले नबचाउने तर्क गर्नुभयो । ‘देश बचाउने जनताले हो, राजाले होइन’ उहाँले भन्नुभयो– ‘एकथरि मान्छे छन्, जो राजतन्त्र भयो भने राष्ट्रियता बलियो हुन्छ भन्ने गर्छन् । भारतमा लगभग ५ सय ६५ रजौटा थिए । राजाले राष्ट्रियता बलियो बनाउँथ्यो भने ती रजौटा कायम हुन्थे होला नि त आजसम्म । सिक्किम राजासहितको स्वतन्त्र देश थियो । त्यहाँ राजा थिए त । राजा हुँदा देश बच्दोरहेछ ? जनताले हो कि राजाले देश बचाउने ?’
अध्यक्ष ओलीले २०५८ साल जेठ १९ गतेको घटनाबाटै देशमा राजतन्त्र अन्त्य भएको तर त्यसबेला सत्ता र प्रतिपक्षको मेल नहुँदा केही अवशेष बाँकी रहेको धारणा व्यक्त गर्नुभयो । ‘दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकिएको हो । त्यतिबेला हामीले उपयुक्त कदम नचालेर कमजोरी गर्यौं । अलिक दिन डमी राजतन्त्र चल्यो’ उहाँले भननुभयो– त्यसले तमासा देखायो । अन्ततः हटाउनुपर्यो । संविधासभाले निर्णय गर्यो, हट्यो । त्यो भइसक्यो ।’
एमाले अध्यक्ष ओलीले मुलुकमा आलंकारिक राष्ट्रपति हुँदाहुँदै सेरेमोनियल राजा चाहनेहरु देख्दा आफूलाई उदेक लाग्ने गरेको उल्लेख गर्नुभयो । ‘अर्को अचम्म छ । कस्तो राजा ल्याउन खोजेको ? यी दलहरुले गरेनन् भनेर यिनीहरुलाई जेल हालेर चलाउने तानाशाह राजा ल्याउने हो ? त्यो चाहीँ होइन भन्छन् फेरि । संवैधानिक, सेरेमोनियल राजा भन्छन्’ उहाँले भन्नुभयो – सेरेमोनियल त रामचन्द्र जी हुँदै हुनुहुन्छ त । अनि के गर्छ त्यो राजाले चाहीँ । गद्दीमा बसेर ट्वाल्ल हेर्नेबाहेक केही गर्ने त होइन । अनि त्यहाँ लगेर राख्नेवित्तिकै के हुन्छ ? कुनै प्रगतिशील कुरा भुलवस गएको भए फर्काउँथ्यौं होला । तर यो त अढाइ सय वर्षसम्म नेपाली जनतालाई चुसेर गरिब बनाउने त्यो चिजलार्ई फेरि ल्याउने कहीँ हुन्छ ? राजनीतिक, दार्शनिक, सैद्धान्तिक, वैचारिक कुनै हिसाबले हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा