छुटाउनुभयो कि?

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन

बागलुङ । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लाग्नुभएको छ । 

बागलुङको बडिगाड गाउँपालिका–१ दगा निवासी मतिलाल वनले सात वर्षअघि रु १० लाख लागतमा बाख्रापालन थाल्नुभएको थियो । पढेलेखेका युवा जागिर खाने र विदेशमा रोजगारीका लागि पुग्ने परम्परालाई चिर्दै वन गाउँमै उद्यम गर्ने अठोट मात्रै गर्नुभएन विदेशको राम्रो जागिर छाडेर सात वर्षअघि स्वदेश फर्कनुभएको थियो । 

+