+

पाल्पामा बन्दुकको छर्रा लागेर सारुको मृत्यु

पाल्पा । निस्दी गाउँपालिकामा भरूवा बन्दुकको छर्रा लागेर १ जनाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको  बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।  सारुलाई आफैँले बोकेको बन्दुकको छर्रा लागेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शनिबार बारीको फापर खान आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लड्दा आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो । छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै