
काठमाडौँ । प्रहरी प्रशासनसक्रिय भइरहे पनि सुन तस्करी हुने क्रम रोकिएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन पक्राउ गरेको २४ घण्टा नबित्दै प्रहरीले काठमाडौँको नागढुंगाबाट २ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।
रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल अवैध रुपमा भित्र्याइएको सुनुसहित पक्राउ परेका हुन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । उनीहरुलाई २ किलो सुनसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभएको छ ।
प्रहरी प्रवक्ता कडायतका अनुसार पिकअप स्कार्पियोको गियर बक्समा सुन लुकाएर ल्याइएको अवस्थामा फेला पारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री