+

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ


काठमाडौँ । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले  रहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । 

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरिएको हो। घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । 

सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति  उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो ।  

चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ । घटनामा अन्य  व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट