+

फेरि बढ्यो सुनको भाउ

काठमाडौँ  । केही दिनदेखि उकालो लागिरहेको सुनको भाउ बिहीबार पनि बढेको छ । सुनको भाउ अघिल्लो दिनको तुलनामा बिहीबार प्रतितोला ३ सय रुपैयाँले बढेको हो । 

छापावाल सुन बिहीबार प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको मूल्य बुधबार प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँ थियो ।  महासंघका अनुसार बिहीबार तेजाबी सुन प्रतितोला  एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  तेजाबी सुन बुधबार प्रतितोला एक लाख १७ हजार ८ सय ५० रुपैयाँ थियो । 

चाँदीको मूल्य भने बिहीबार अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४ सय ६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । चाँदीको भाउ बुधबार प्रतितोला  एक हजार ४ सय ८० रुपैयाँ थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै