काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया रोक्न निर्देशन दिएको छ ।
सार्वजनिक लेखा समितिको बुधबारको बसेको बैठकले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको खरिदबिक्री यथास्थितिमा रोकेर ३० दिनभित्र छानविन गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले यस विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै बैठकमा बोलाउने निर्णय समेत गरेको छ ।
लेखा समितिले मलेसियाली कम्पनी आजियटाले एनसेलको आफूसँग रहेको शेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको विषय अवास्तविक, अपारदर्शी र अविश्वसनीय देखिएको भन्दै यस सम्बन्धमा विस्तृत अनुसन्धान गर्नुपर्ने निश्कर्ष निकालेको छ । विस्तृत अनुसन्धान नहुँदासम्म एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी कारोबारलाई यथास्थितिमा राख्नुपर्ने समितिको निचोड छ ।
‘हालै भएको भनिएको प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृत रुपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलको अवधिभरका लागि यस शेयर खरिद बिक्री कारोबारसम्बन्धी कार्यलाई यथास्थितिमा राख्न ९रोक्न० तथा यस विषयमा वास्तविकता तथा यथार्थता पहिचान गर्नका लागि ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न गराउन समितिको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’ यसबारे छलफलपछि समितिको निर्णयमा भनिएको छ– ‘प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेल को ८० प्रतिशत शेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा सरकारको थप धारणा र अन्य महन्वपूर्ण समसामयिक विषयमा बुझ्न समितिको आगामी कुनै बैठकमा प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने निर्णय भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी