मोरङ । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी ४ जना घाइते भएका छन् । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् ।
महानगरपालिका महानगरपालिका–७ सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार दिउँसो आगलागी भएको हो । कर्कटपाताको छानो भएको कवाडी गोदाममा आगलागी परी एक जनाएको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको सनाखत भने भइसकेको छैन । आगलागीमा परेकाहरु मध्ये अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ । घाइते चारमध्ये २ जनाको अवस्था गम्भीर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री