+

टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटलाई सर्वोच्च अदालतले  ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । रिटबारे  मंगलबार पूर्ण इजलासमा सुनुवाइ हुने भनिएता पनि त्यसलाई पछि  हेर्न नभ्याइने’ सूचीमा राखिएको हो।

सरकारले गत कात्तिक २७ गते टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १४  रिट दर्ता भएको छ ।  सर्वोच्चले ती रिटमाथि मंसिर ५ गते  सुनुवाइ थाल्दै कारण देखाउ आदेश जारी गरिसकेको छ ।  न्यायाधीश विनोद शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश गरेको थियो। 

सर्वोच्चले आज  ती रिटमा  पूर्ण सुनुवाइको मिति तोकिएको थियो। तर  ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै