+

विशेष अदालतका अध्यक्ष र सदस्यहरुले लिए शपथ

काठमाडौँ । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार विशेष अदालतमा आयोजित समारोहमा नवनियुक्त अध्यक्ष र सदस्यहरुलाई  शपथ गराउनुभएको हो । 

न्यायपरिषदको मंसिर ५ गते बसेको बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर तथा सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापालाई नियुक्तिको लागि सिफारिस गरेको थियो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै