+

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा १ लाख २१ हजार नाघ्यो

काठमाडौँ  । बिहेको सिजन शुरु भएसंगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बृद्धि भएर आज(सोमबार) सुनको मूल्य प्रतितोला १ लाख २१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ । सोमबार कारोबार भइरहँदा सुनको मूल्य प्रतिऔंस २०८६ अमेरिकी डलर कायम भएको छ । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै