+

एकीकृत समाजवादी सचिवालय बैठकमा महाधिवेशनबारे छलफल हुँदै

काठमाडौँ । राष्ट्रियसभा निर्वाचन र पार्टी महाधिवेशनबारे छलफल तथा निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा भइरहेको छ ।  

आजको सचिवालय बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।  सत्ता गठबन्धन टिकाउन निर्णायक भूमिका खेल्दै आएको एकीकृत समाजवादीले आउँदो माघ १४ देखि १८ गतेसम्म महाअधिवेशन गर्ने निर्णय गरेको थियो ।  तर माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुने भएपछि महाअधिवेशन सार्नुपर्ने अवस्था आएको प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो । प्रचार विभाग प्रमुख खतिवडाका अनुसार आजको बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने छ ,।

बैठकमा अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनसहित आन्तरिक विवाद समाधानलगायतकाविषयमा समेत छलफल  हुने नेता खतिवडाले  बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै