+

बोहोराप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । 


राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बोहोराको ७६ वर्षको उमेरमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको थियो । रुपन्देही क्षेत्र नम्बर३ बाट प्रतिनिधिसभामा निर्वाचित उहाँ तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो । 

चाबहिलस्थित पार्टी कार्यालयमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वर्गीय बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुभएको थियो । 

त्यसैगरी नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र सुनिल थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता हितराज पाण्डे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता योगेश भट्टराई लगायत राप्रपाका नेता तथा कार्यकर्ताले स्व बोहोराप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । 

स्वर्गिय नेता बोहोराको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै