+

तीनकुने घटनामा जीवन गुमाएका परिवारलाई राहत दिने मीनबहादुर गुरुङको घोषणा

काठमाडौँ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मकमा घटनामा जीवन गुमाएकाहरुको परिवारलाई राहत दिनुहुने भएको छ । 


भाटभटेनी सञ्चालक गुरुङले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा जीवन गुमाएका पत्रकार सुरेश रजकका परिवार ५ लाख र कीर्तिपुरका सविन महर्जनका परिवारलाई ३ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । 

भाटभटेनी सञ्चालक गुरुङले घटनामा आफ्नो कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीलाई बुधबार सम्मान गर्दै यस्तो घोषणा गर्नुभएको हो । 

गुरुङलेमा कार्यक्रममा सरकारले व्यवसायीको सुरक्षा गर्न नसकेको भन्दै आक्रोश समेत खोख्नुभयो । ‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई’ उहाँले भन्नुभयो– ‘हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै