
कटारी । उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि क पुरुषको शव भेटिएको छ ।
आज दिउँसो त्यही वडाको घलेडाँडा घर भएका ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव फेला परेको हो ।
शव फेला परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन चापागाईंले जानकारी दिनुभयो । ‘घटनास्थलमा अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पठाएका छौँ’ उहाँले भन्नुभयो ।
प्रहरीका अनुसार सोमबार साँझ नजिकैको एक पसलबाट साथीहरुसँग मदिरा सेवन गरी घले छुटेका थिए । स्थानीयले घटना शङ्कास्पद रहेको भन्दै शव उठाउन नदिएपछि प्रहरीले अनुसन्धानका लागि कुकुर प्रयोग गरेको जनाएको छ ।
स्थानीय होम बस्नेतका अनुसार मदन भण्डारी सडक हेरालुहरुले सफाइका क्रममा कल्भर्ट मुनी शव देखेर प्रहरीलाई जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन