+

कीर्तिपुर नगरप्रमुखमा मत अन्तर घटाउँदै एमाले

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरमा नेकपा एमालेले अहिलेसम्मको परिणाममा अग्रणी नेपाली कांग्रेसका उम्मेदवारसँगको मत अन्तर घटाउन थालेको छ । 


कीर्तिपुरमा केहीबेर अघिसम्म कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले निकै फराकिलो मत अन्तरसहित अग्रता लिइरहनु भएको थियो । तर पछिल्लो पटक सावर्जनिक गरिएको परिणाममा भने एमाले उम्मेदवार डा सुरेन्द्र मानन्धरले केही बुथमा कांग्रेस उम्मेदवारको तुलनामा बढी मत प्राप्त गर्नुभएको हो । 

निर्वाचन आयोगका अनुसार अहिलेसम्मका गणना अनुसार कीर्तिपुर कांग्रेसका उम्मेदवार  डंगोलले २ हजार ४ सइ २१ मत गर्नुभएको छ । एमाले  उम्मेदवार मानन्धरले २ हजार ६१ मत प्राप्त गर्दै कांग्रेस उम्मेदवारलाई ठक्कर दिने प्रयत्न गर्नुभएको छ  । 

नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा डा शिवशरण महर्जनले १ हजार ६सय ७४ मत प्राप्त गर्नुभएको छ ।  केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिनु भएका स्वतन्त्र उम्मेदवार राजमान महर्जनले  ९ सय ६५ मत पाउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै