+

भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न प्रधानमन्त्री बझाङ जाने

नेपालकैरन
काठमाडौँ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भूकम्प प्रभावित जिल्ला बझाङ जानु हुने भएको छ । बझाङ केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्पका कारण भएको क्षतिको स्थलगत अबलोकन गर्न तथा प्रभावितहरुको उद्धार, राहत र पुनस्र्थापनको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रधामन्त्री प्रचण्ड बझाङ जाने कार्यक्रम तय भएको उहाँको सचिवालय जनाएको छ ।

यस अघि आजै बिहान सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा तत्कालै राहत वितरण कार्य शुरु गर्न सबै सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएउनु भएको थियो । 

‘‘गत मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै