
नेपालकैरन
काठमाडौँ ।
प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ भूकम्प पीडितलाई तत्कालै राहत दिने प्रक्रिया सुरु गर्न निर्देशन दिनु भएको छ ।
सिंहदरबारमा आज विहिबार बसेको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा उहाले बझाङ भूकम्प पीडितलाई राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन दिनु भएको छ । बैठकमा भूकम्पको क्षति, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका बारेमा छलफल भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदका एक सदस्यले जानकारी दिनु भएको छ ।
पीडित परिवारलाई राहत तथा क्षतिपुर्तिको काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुननदिने प्रतवद्धतासमेत व्यक्त गर्नु भएको छ ।
भूकम्प प्रभावितलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति एवं बझाङ जिल्लाबाट प्रत्यक्ष निर्बाचित सांसद भानुभक्त जोशीको नेत्रृत्वमा बुधबार सर्वदलीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर तत्काल राहत उपलब्ध गराउन माग गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह
- प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी