
काठमाडौँ। महिला ट्वान्टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । जारी प्रतियोगितामा नेपालको यो प्रतियोगितामा तेस्रो हार हो ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । हारसँगै नेपाल फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।
नामिबियासँगको पहिलो भेटमा पनि नेपाल ६ विकेटले पराजित भएको थियो । यस्तै घरेलु टोली युगान्डलाई एक विकेटले हराएको नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।
प्रतियोगितामा दोस्रो जित निकालेको नामिबियाको चार खेलमा चार अङ्क छ । नामिबियाले यसअघि पनि नेपाललाई पराजित गरेको थियो । साथै हङकङसँग चार विकेट र युगान्डासँग एक रनको पराजय बेहोरेको थियो ।
नामिबियाले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर पाँच विकेट गुमाउँदै १०२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि साना प्रवीनले ३१, कविता कुँवरले अविजित १७ तथा पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन बनाए ।
नामिबियाका लागि इभ्लिन केजरुक्वाले दुई तथा विल्का एमवाटिल, साइमा टुहाडेलिनी र मिकेली एमवाटिलले समान एक/एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल बनाएको थियो । नामिबियाका लागि यास्मिन खानले ४५, विल्का एमवाटिलले २०, आरास्ता डियर्गार्डले अविजित १६ तथा सुने विटम्यानले १५ रन बनाए ।
नेपालका लागि ईश्वरी विष्टले तीन, रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक/एक विकेट लिए । नेपालले अर्को खेल भोलि युगान्डासँग खेल्ने तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- हिंसात्मक झडपमा २ जनाको मृत्यु, ३५ घाइते : गृह मन्त्रालय
- एभिन्यूज टिभीका क्यामेरा पर्सन रजकको आगजनीमा जलेर मृत्यु
- एकीकृत समाजवादीद्वारा घटनाको दोषीलाई कारबाही माग
- राजावादीद्वारा जडीबुटी उत्पादन कम्पनीमा आगजनी
- काठमाडौँमा कर्फ्यू लाग्यो
- राजावादीद्वारा भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड
- भारतमा तीर्थ गएका दाङका ४ जनाको दुर्घटनामा मृत्यु
- प्रहरी नायव निरीक्षक घुससहित पक्राउ
- आज चैत्र कृष्ण चतुर्दशी, पाहाँचह्रे मनाइँदै
- मौसममा पश्चिमी वायुको प्रभाव