काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौँले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको हो ।
काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । सो क्रममा उनले दुई चौकासमेत प्रहार गरे । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
काठमाडौँको लागि शाहब आलम र माइकल लेविटले समान आठरआठ, रासिद खानले सुात, प्रतिक श्रेष्ठले छ, भीम सार्कीले चार र डेन डउथवेटले एक रन बनाए । यो खेलमा काठमाडौँले अतिरिक्त ११ रन पाएको छ ।
जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीनरतीन विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अर्निको यादव र किशोर महतोले एकरएक विकेट हात पारे । अहिले जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राजदूतको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ, उजुरी आह्वान
- खुम्बु क्षेत्रमा हेलिकप्टरमा रोक लगाएकोमा सङ्घको आपत्ति, उडान नरोक्ने
- विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड पुग्यो
- एनपीएलमा आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन भिड्दै
- आजको मौसम : धेरै स्थानमा हुस्सुको सम्भावना
- प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी
- नदी किनारको मापदण्डबारे सर्वोच्चको फैसला कार्यान्वयन नगर्न पत्राचार
- नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी
- धरौटीमा छुटेलगत्तै दुर्गा प्रसाईं तत्कालै अर्को मुद्दामा पक्राउ
- सङ्घीय निजामती विधेयकमा संशोधनकर्तासँग छलफल शुरु