+

प्रचण्ड चितवन गएपछि माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौँँ । नेकपा माओवादी केन्द्रको आजको लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । 


अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगित गर्नुपरेको  पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलले जानकारी दिनुभएको छ । ‘आजको स्थायी समिति बैठक स्थगित भएको छ’ उहाँले भन्नुभयो– ‘भोलि बिहान ११ बजे बैठक बस्छ ।’

अध्यक्ष दाहाल आज चितवन हुनुहुन्छ ।  नेताहरूका अनुसार बैठकबाट सरकारले संविधान संशोधनको प्रयास अगाडि बणउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुनेछ। यसअघि बसेको पदाधिकारी बैठकमा नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री बनाउने व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने बताएका छन् । यो विषयमा प्रतिपक्षमा रहेका दलहरूसँग समेत छलफल गरेर साझा रुपमा जाने र पार्टीको संरचना यो मुद्दा लिएर जनतामा जाने तयारी रहेको नेताहरू बताउँछन् ।

पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाबारे पनि स्थायी समिति बैठकमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट